भिभो वाई ५५ नेपाली बजारमा, मूल्य कति ?

Advertisement

काठमाडौं । भिभो स्मार्टफोन ब्रान्डले प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । 

वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जले यसलाई फैशनेबल र टेक सेभी प्रयोगकर्ताहरुका लागि प्रचुर विशेषताहरुले भरिपूर्ण स्मार्टफोन बनाउँछ । 

Advertisement

वाई५५ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ, जसले उपभोक्ताहरूलाई १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको छ । सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने यूवा प्रयोगकर्ताहरुको जीवनशैली अनुरुप वाई५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहरुलाई पूरा गर्न भिभो प्रयासरत छ । यही कारणले गर्दा हामीले युवा केन्द्रित वाई सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरु प्रदान गर्ने दृष्टिकोण राखेका छौं । हामीले वाई सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौं र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाँउदो स्टाइल र कार्यसम्पादनको सहज अभिसरण गर्दै वाई५५ मा  विचारशील र प्रभावकारी सुधारहरू गरेका छौं । एक्सटेन्डेड र्याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाएको छ । यो उपकरणले युवा पुस्ताको बानी, प्राथमिकता र आकांक्षाहरूबारे भिभोको गहिरो बुझाइलाई दृढतापूर्वक प्रतिबिम्बित गर्छ र हाम्रा प्रयोगकर्ताहरूको जीवनमा उत्कृष्ट अनुभव र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रयासलाई झल्काउँछ ।’ 

उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि वाई५५ मा ५०एमपी एचडी रियर क्यामेरा रहेको छ । १६एमपी फ्रन्ट क्यामेराका साथ, वाई५५ बाट भिभोको एडभान्स पोट्र्रेट एल्गोरिदमद्वारा आकर्षक सेल्फीहरु पनि खिच्न सकिन्छ । सुपर नाइट सेल्फी नोइज घटाउने एल्गोरिदम, प्राकृतिक पोट्र्रेट एल्गोरिदम र औरा स्क्रिन लाइटले कम प्रकाशमा सेल्फ– पोट्र्रेटहरु सुधार गर्दछ । सेल्फी क्यामेराले अनुहारलाई प्राकृतिक रूपमा चमकिलो बनाउँछ र वास्तविक समयमा उज्यालो प्रभावको पूर्वावलोकनलाई समर्थन गर्दछ । यसबाहेक, सफ्ट लाइट बढाउन र वार्म लाइटमा अनुहारलाई चमकिलो बनाउन औरा स्क्रिन लाइटलाई म्यानुअल रूपमा सक्रिय गर्न सकिन्छ जसले वरपरको प्रकाशको सन्तुलनलाई स्वचालित रूपमा अनुकूलन र समायोजन गर्दछ ।

वाई५५ मा अल्ट्रा स्टेबल भिडियो सुविधा छ जसले स्मुद, स्टिडी र स्थिर भिडियो खिच्नको लागि ह्यान्ड–होल्ड शटहरूमा क्यामेरा शेक हटाउन फ्रेमलाई इलेक्ट्रोनिक रूपमा समायोजन गर्दछ । यस स्मार्टफोनमा उत्कृष्ट क्यामेरा अनुभवका लागि मल्टि फेम डिनोइजिंग एल्गोरिदम, स्टाइलिश नाइट फिल्टरहरू, फन सट, एआई फेस ब्यूटी र डबल एक्सपोजर लगायतका विशेषताहरु पनि छन् ।

वाई५५ मा ८जीबी र्याम (जसमा ४जीबी भर्चुअल र्याम थप्ने सकिन्छ) र १२८जीबी रोम (जसलाई १ टिबीसम्म बढाउन सकिन्छ) रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ जसले स्मार्टफोनलाई छिटो पावर अप गर्न, विशाल ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको आनन्द लिन मद्दत गर्छ । वाई५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ र एप्लिकेसन र गेमहरूको लागि स्मुद र स्थिर प्रदर्शन प्रदान गर्दछ । यसको साथै, वाई५५मा रचनात्मक अनुभवको लागि अल्ट्रा गेम मोड २.०, मल्टि–ट्युबो ५.५, अडियो सुपर रिजोल्युसन, सुपर सिस्टम प्रोसेस, नानो म्युजिक प्लेयर, र एन्ड्रोइड १२÷फन टच ओएस १२ छन् ।

वाई५५ ले आधुनिक डिजाइन र चम्किलो रङहरूका साथ लक्जरीलाई पुनःपरिभाषित गर्दछ जुन नयाँ पुस्ताका परिवर्तनशिल जीवनशैलिसंग मिल्छ । प्रिमियम डेकोरेटिभ रिङ भएको थ्रीडी आकारका साथ यो उपकरण अन्यभन्दा उत्कृष्ट छ । यो स्मार्टफोन अत्यन्तै हल्का वजनको छ । यसको थ्रीडी प्लास्टिक सिटले एक स्मुद र आरामदायी फिनिश प्रदान गर्दछ जसबाट प्रिमियम अनुभूति लिन सकिन्छ । वाई५५ को ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्लेले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ । 

वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु. ३३ हजार ९९९ रुपियाँ रहेको छ भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्नेछन् ।
 

Advertisement

Advertisement