शेयर बजारमा उछालः ५० भन्दा बढी कम्पनीमा पोजेटिभ सर्किट, कारोबार रकम पनि बढ्यो

Advertisement

काठमाडौं । लामो समय पछि शेयर बजारमा उछाल आएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९४.९२ अंकले बढेको हो । ५.१० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५६.९८ अंकमा उक्लिएको छ । 

Advertisement

आज २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लख ४१ हजार ८ सय ४९ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेसँगै सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ३६६.७८ अंकले बढेको हो । 

बजार बढेसँगै आज ५० बटा भन्दा बढी कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेप्सेमा सूचीकृत पाँच वटा कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्रको मूल्य २.१६ प्रतिशतले घटेको हो । 

नेप्सेका अनुसार आज कुमारी बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ८ करोड ६४ लाख ३८ हजार ९ सय ५३.२० रुपियाँ बराबरको कारोबार भएको हो । 
 

Advertisement

Advertisement