आईएमई लाइफको बालकिरण जीवन बीमा योजनामा आकर्षण बढ्दै

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय बन्दै गएको जानकारी दिएको छ । कम्पनीले उक्त आईएमई बालकिरण जीवन बीमा योजना एक महिना अघि सुरु गरेको थियो ।

बच्चाको जन्म लगत्तै यो बीमा योजना खरिद गर्न सकिन्छ । यस बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरणको सुविधा छ । त्यस्तै, बीमा गरेको चौथो बर्षदेखि नै बीमा रकम फिर्ता हुने (क्यासब्याक) सुविधा पनि रहेको छ ।

Advertisement

बीमाबाट फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना गर्न तथा अध्ययनकालागि आर्थिक रुपमा सघाउँने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालले जानकारी दिएका छन् ।

अभिभावकहरुका लागि उपयोगी र सहज हुने यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनोट गर्न सकिने सुविधा तथा दुर्घटनाको जोखिम बहन गर्ने सुविधा रहेको सीर्ईओ फुँयालले जानकारी दिए । 


 

Advertisement

Advertisement