एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबर्द्धन गर्नका लागि मोबाइल बैंकिङ एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा ग्राहकहरुले एनआईसी एशिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने छन् । 

Advertisement

डिजिटल बैंकिङको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत टिकट बुकिङमा ग्राहकमहानुभावहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवम् दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्ने छन् । 

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

 

Advertisement

Advertisement