Advertisement

Advertisement

Advertisement

काठमाडौं । सनराइज बैंकले बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित उक्त विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विधार्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु बैंकका मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग हादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । 

Advertisement

विधार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्र्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी दिए ।

Advertisement

कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धिरेन्द्रकुमार सिंह लगायत अन्य समाजसेवी र वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
 

Advertisement

Advertisement