आज (असार १३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असार महिनाको १३ गते सोमबार, आषाढ कृष्णपक्षको चतुर्दशी तिथि ।

मेष 
मनमा निराशाले घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ । तर पनि बोलीको प्रभाव भने बढ्ने छ । अनावश्यक रुपमा रिसको मात्रा धेरै देखा पर्ने भएकाले ध्यान दिनु होला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीमा पनि केही बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
बोलिको प्रभाव ह्वात्तै बढ्ने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित काम गर्न लाग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मिथुन 
व्यक्तित्वमा दुविधा देखा पर्ने हुँदा मनोबलमा कमि आउने छ । झैझगडाका क्रम बढ्न पुग्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधाका क्रममा बृद्धि हुने छ । पेशागत जीवनमा पनि संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सम्हालन मद्धत पुग्ने छ । शेयर बजार औसत रहने छ । 

कर्कट
बोलीको प्रभाव र व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु देखा पर्ने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

सिंह
ब्यवस्थापकीय खुवी तथा क्षमतामा बृद्धि हुन जाने छ । पेशागत जीवनमा खुबी बृद्धि हुने छ । पेशागत अवस्था स्थिर रहने छ । बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । आम्दानीका क्रममा द्वन्दात्मक वातावरणको सामना गर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कन्या
व्यक्तित्वमा केही ह्रास देखा पर्ने भएता पनि बोलीको प्रभावका कारण आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । प्रेममा सफलता मिल्ने छ भने रोमाण्टिक प्रकृतिको स्वाभाव हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा औसत कदमहरु चाल्नु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला
शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरता छाउने छ । पेशागत जीवन स्थिर हुने छ । भाग्यको साथका कारण धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्या नदिनु होला । मनमा निराशाका भावहरु बढि आउने छन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
बौद्धिकतामा बृद्धि हुने छ । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा यात्रारत रहनु पर्ने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ भने पेशागत जीवनमा भने द्वन्दको अवस्थाबाट गज्रनु पर्ने भएकाले संयमित रहनु होला । शेयर बजार अनुकुल रहने छैन् ।

धनु 
पेशागत जीवनमा जबर्जस्ती अघि बढ्नु पर्ने हुन सक्छ । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । जीवनसाथिलाई छोडेर विदेश यात्रामा जानु पर्ने अवस्था आउने छ । दृढताले भरिएको व्यक्तित्व भने कायम रहने छ । शेयर बजारमा लाभ मिल्ने छैन् । 

मकर 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु उपयुक्त हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ । मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्रै सीमित गर्ने बानी हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । शेयर बजारमा लाभ मिल्ने छ । 

कुम्भ 
आम्दानीमा केही बृद्धि हुने छ । भित्रि बुद्धिको सक्रियताका कारण पेशागत जीवनमा केही मद्धत मिल्ने भएता पनि पेशागत जीवन जोखिमयुक्त नै रहने भएकाले संयमित रहनु होला । भाग्यहिनताको आभाष मनमा हुने छ । आफुलाई असफलताको डरले धेरै सताउँदा नयाँ काम थालनी देखि नै निराशाले घेर्ने छ । शेयर बजार प्रतिकुल रहने छ । 

मीन
पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले संयमित रहनु होला । आम्दानीमा केन्द्रीत हुन खोज्दा खोज्दै पनि द्वन्दको सामना गर्नुपर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दको अवस्था आउने छ । शेयर बजारमा आंशिक फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement