चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदैछः डिशहोम

Advertisement

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । 

पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो खेल सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो । चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

Advertisement

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षणको केन्द्रको  रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।

Advertisement

Advertisement