टिक्न सकेन शेयर बजारको उछालः नेप्से र कारोबार रकम दुबै घट्यो

Advertisement

काठमाडौँ । साताको पहिलो दिन शेयर बजार मा आएको उछाल टिक्न सकेन । आइतबार ९४.९२ अंकले बजार माथि चढे पनि त्यसको भोलिपल्ट आज बजार फेरि दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.८५ अंकले घटेको हो । १.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.१३ अंकमा ओर्लिएको हो । 

Advertisement

आज २२९ कम्पनीका ५६ लाख ४१ हजार ५ सय ४० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज जीवन बीमा समूह ११३.९६ र लगानी समूह ०.६४ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ११७.५५ अंकले घटेको हो । 

आज ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सिवाईसी नेपाल लघुवित्त, न्यादी हायड्रो र एलआईसी नेपालको शेयर मूल्य क्रमशः ९.९९, ९.९६ र ९.१५ प्रतिशतले बढेको हो । त्यसैगरी उन्नत्ती सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नागरिक लगानी कोषको उच्च कारोबार भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार २ सय ७४.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार ९४.९२ अंकले बजार बढ्दा २ अर्ब १९ करोड ६१ लख ४१ हजार ८ सय ४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।    
 

Advertisement

Advertisement