Advertisement

Advertisement

Advertisement

काठमाडौं । उपत्यकाको दुई वटा शोरुममा टिभिएसको बिएस भीआई मोडलको अपाचे आरटीआर १६० मोटरसाइकल लञ्च गरिएको छ । 

ललितपुरको महालक्ष्मीस्थानको युनिराइड मोटर साइकल प्रालि र कुमारीपार्टीको रेश अटो प्रालिमा आज एक समारोहका बीच उक्त मोटरसाइकल लञ्च गरिएको हो ।  

Advertisement

महालक्ष्मीस्थानमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कुमारीपाटीमा बर्गर हाउसका सञ्चालक बसन्त लामाले मोटरसाइकल लञ्च गरेका हुन् ।  

केही दिनअघि मात्रै यो मोडलको मोटरसाईकल नेपालमा लन्च गरिएको थियो । 

Advertisement

फोरभी आरटीएफआईमा तीन राइड मोडका विशेषताहरु रहेका छन् जुन मोडहरुमध्ये स्पोट मोड, रेन मोड र अर्बन मोड उपलब्ध छन्। 

रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । यस मोटरसाइकलमा चालकका लागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।

Advertisement

Advertisement