सूर्या-ज्योति मर्जरः ‘स्वाप रेसियो र सीईओबारे टुंगोमा पुगेका छैनौं’

Advertisement

काठमाडौँ । आइतबारमात्रै मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका सूर्या लाइफ र ज्योति लाइफले स्वाप रेसियो र सीईओ लगायतका विषयमा टुंगोमा पुग्न बाँकी रहेको प्रष्ट पारेका छन् ।

दुबै कम्पनीले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त विषयमा प्रष्ट पारेका हुन् ।

Advertisement

‘स्वाप रेसियो, सीईओ लगायत मर्जर सम्बन्धी सबै विषयहरु कम्पनीहरुको डीडीए, एक्चुरी भ्यालुएशन, बीमा समितिबाट तोकिएको आधार र दुबै कम्पनीहरुको सहमति पछि मात्र टुंगो लाग्ने छ’–विज्ञप्तिमा उल्लेख छ ।     

सूर्या र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता

Advertisement

Advertisement