आज (असार १४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल असार महिनाको १४ गते मंगलबार, आषाढ कृष्णपक्षको अमावश्य तिथि ।

मेष 
उत्साह र उमङ्गमा केही कमि आउने छ । नकारात्मक विचारले मनमा अड्डा जमाउने छ । आर्थिक व्यवस्थापनमा तनाव ब्योहर्नु पर्नेछ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्ने  देखिन्छ । परिवारको साथ भने मिल्ने छ । शेयर बजार शुभ बन्न सक्ने छैन् ।

Advertisement

वृष 
पारीवारिक जीवनमा तनाबको अवस्था आउने छ । पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

मिथुन
आफू भन्दा ठुला हाकिमहरुसँग वादविवाद हुने छ भने कार्यसञ्चालनमा समन्वयको अभाव हुन जाने छ । मेहनती स्वाभावमा कमि आउने छ । कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । सोचे जस्तो यात्रा हुने छैन् । परिवारजनसँग भेट्ने सोचमा तिब्रता आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कर्कट
भाग्य बलियो छ । धनधान्य तथा फाइनान्सियल अवस्था मजबुद हुने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । यात्रामा उल्झन व्योहर्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
समाजबाट सम्मानित हुने अवसर प्राप्त हुने छ ।कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ । शेयर बजार सकारात्मक बन्ने छैन् ।

कन्या
मनोबलमा बृद्धि हुनेछ । रिस भने कडा हुन जाँदा मिजासपनामा आउने कमिले गर्दा मिलनसार व्यक्तित्वमा कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पेशागत जीवन तथा ब्यापार विजनेशमा केही फाइदा हुने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

तुला 
यात्रा गर्ने अवसर जुट्ने छ । धन सम्पत्तिको व्यवस्थापन सहित सदुपयोग हुने छ । यसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउन जाने छ ।  ग्यारेज, सवारीसाधन, सर्वाजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

वृश्चिक
ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । न्याय, प्रशासन, यातायात क्षेत्र तथा ठेक्कापट्टामा सक्रियहरुलाई लाभ मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्न छ ।

धनु 
आर्थिक व्यवस्थापनको दबाब झेल्नु पर्नेछ । गरेका काम र मेहनतको कदर हुने छैन् । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने देखिन्छ । कुटुम्बसँग मिलन हुने छ । पेशागत जीवनमा उल्झनको सामना गर्नु पर्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । शेयर बजारमा जोखिम लिने बेला देखिँदैन् ।

मकर 
निर्णय क्षमतामा सुधार आउने छ । जीवनसाथिको मद्धतले कठिनाईहरु समाधान गर्न ठुलो साथ मिल्ने छ । परिवारमा बिबाद र कठिनाईको सामना गर्नु पर्नेछ । यात्राका क्रममा बढि खर्च हुन जाने छ । अनावश्यक बिबादमा उल्झनु पर्ने हुन सक्छ । शेयर बजार लाभ मिल्ने छैन् ।

कुम्भ 
ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने खतरा रहेकाले विचार पु¥याउनु होला । सामाजिक छविमा केही ह्रास आउने छ ।सवारीसाधन, यातायात, ग्यारेज, ढुवानी, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

मीन
भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुनेछ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । यात्रामा सफलता मिल्ने छ । सुख सन्तोषका क्रम देखा पर्दा मनमा दृढता बृद्धि हुने छ । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement