मौसम खराबीका कारण तारा एयरको दुर्गमतर्फका सबै उडान अवरुद्ध

Advertisement

काठमाडौं। विकट गन्तव्य उडान गर्दै आएको तारा एयरको आज मंगलबारको सबै उडान मौसम प्रतिकूलताका कारण रद्द भएको कम्पनीले जनाएको छ।

कम्पनीका उडान सुरक्षा प्रमुख सुदर्शन वर्तौलाका अनुसार तारा एयरले काठमाडौं, सुर्खेत र पोखराबाट हुँदै आएका आधा दर्जनभन्दा बढी गन्तव्यका उडान प्रभावित भएको हो । काठमाडौंबाट लुक्ला, फाप्लुतर्फको उडान, नेपालगञ्ज र सुर्खेतबाट हुँदै आएका हुम्ला, जुम्ला, डोल्पा, रारा, बाजुरा लगायत गन्तव्यका उडान पनि खराब मौसमका कारण प्रभावित भएको छ । 

Advertisement

साथै तारा एयरको माउ कम्पनी यती एयरलाइन्सको काठमाडौं–पोखरा उडान पनि प्रभावित भएको बताएको छ । आज काठमाडौंबाट पोखरातर्फ कम्पनीको ६ वटा उडानको तालिका थियो। 

हाल ताराले तीनवटा ट्विनअटर सिरिजको जहाजमार्फत दुर्गम र एटीआर–७२ सिरिज जहाजमार्फत सुगम गन्तव्यमा नियमित उडान गर्दै आएको कम्पनी जनाएको छ । 

Advertisement

Advertisement