नेप्से घट्दा कारोबार पनि एक अर्ब घट्यो: बैंकिङ र जीवन बीमाबाहेक सबै राताम्मे

Advertisement

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.८२ अंकले घटेको हो । ०.६१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९२१.३१ अंकमा झरेको छ । 

Advertisement

आज २३० कम्पनीका ३० लाख ३७ हजार ६ सय ३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि बैंकिङ र जीवन बीमा समूह भने बढेका छन् । बैंकिङ ०.२९ र जीवन बीमा समूह ९६.९ अंकले बढेका हुन् । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह १०९.९६ अंकले घटेको हो । 

आज सबैभन्दा बढी सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका हुन् भने लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ५.७३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २ सय ५६.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बजार बढ्दा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपियाँ र हिजो सोमबार २३.८५ अंकले बजार घट्दा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement