सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका पहल गर्न संसदीय समितिलाई आग्रह

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । 

महासंघको प्रतिनिधि मण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेट गरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै यस सम्वन्धी ब्यवस्था गर्न आग्रह गरेको हो । 

Advertisement

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेटगरी कानून निर्माणका लागि पहल गर्न आग्रह गरहेको हो । भेटका क्रममा महासंघको प्रतिनिधि मण्डलले कानूनमा समेटिनु पर्ने बिषयहरुका बारे समेत जानकारी गराएको थियो । 

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।

भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियसरत्न शाक्य लगायतको सहभागिता रहेको थियो । 
 

Advertisement

Advertisement