रवि लामिछानेपछि वामदेवले पनि घोषणा गरे नयाँ पार्टी

Advertisement

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेपछि कम्युनिट नेता वामदेव गौतमले नयाँ राजनीतिक दल खोलेका छन् । गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा गर्दै आफू त्यसको संयोजक बसेका छन् । उनको पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहेका छन् भने केन्द्रीय सचिवालयमा आठ सदस्यहरु रहने छन्।

Advertisement

जसअनुसार सचिवमा डीबी कार्की छन् । बाँकी सबै सदस्य छन् । तत्कालिन नेकपा विभाजित भएपछि कुनै पनि पार्टीमा नलागी चुपचाप बसेका गौतमले सबै कम्युनिष्टलाई एक बनाउने भन्दै नयाँ पार्टी घोषणा गरेका हुन् । 

Advertisement

Advertisement