बीस लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २० लाख २ हजार ९ सय ७४.६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

दुई लघुवित्त र एक बीमा कम्पनीको उक्त परिमाणको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता शेयर सूचीकृत भएको हो । 

यता, समिट लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता शेयर पनि सूचीकृत भएको छ । 

त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार १ सय ६२.६४ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement