मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्व भएन्ः मन्त्री मेटमणि चौधरी

Advertisement

काठमाडैं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् । मंगलावार राजधानीमा भएको एक कार्यक्रममा उनले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । 

चौधरीले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई–तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । उनले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । चौधरीले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए । 

Advertisement

उनले भने, ‘मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ ? त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’
 

Advertisement

Advertisement