प्रभु बैंकले मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने

Advertisement

काठमाडौँ । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् प्रालिबीच मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

बबरमहलस्थित प्रधान कार्यालयमा गत आइतबार आयोजित एक समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

Advertisement

उक्त सम्झौता बमोजिम  भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा प्रवद्र्धित मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको  बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् ।

साथै, कार्डमा आधारित स्क्यान टु पे÷ क्यूआर कोडको माध्यम बाट पनि भुक्तानी गर्न सकिने ब्यबस्था रहेको छ । मोको डिजिटल वालेट मार्पmत् हुने बैंकिङ कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ । 

Advertisement

Advertisement