चलचित्र निर्माताहरुलाई प्रोजेक्ट कर्जा दिन महासंघका अध्यक्ष गोल्छाको आग्रह

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । 

मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल  चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र  करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण  गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्ने गरेको बताए । 

Advertisement

अध्यक्ष गोल्छाले महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता , साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको बताए । उनले कोरोना  महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल  पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने  झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे । अध्यक्ष  गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर  अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए । 

उनले भने,‘अहिले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिनुपर्ने  अवस्था छ । जसको कारण चलचित्र निर्माताहरुको निकै ठूलो क्षेति भोग्नुपरेको  छ भने कतिपयको घरबार नै गएको स्थिति छ । चलचित्र निर्मातालाई प्रोजेक्ट लोन  दिने सुविधा राज्यले गर्नु पर्ने छ । हामीले यस्तो खालको सुविधा अन्य साना  र मझौला उद्योगहरुले पाउनुपर्छ भन्दै उठाउँदै आएका छौं । कोरोना महामारीको  कारण भएको लकडान, बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल  पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने  झनझटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने, विद्युत मिहशुल मिनाहा हुनुपर्ने  आवाज यो क्षेत्रका व्यवसायीहरुको छ । प्राकृतिक सुन्दरताले भरिएको नेपाल  आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको  केन्द्र बन्न सक्छ । तर चलचित्र छायाङ्कनको लागि खुला खरिएका क्षेत्रमा समेत छायाङ्कनमा समस्या खडा गरिएको गुनासो अहिले पनि बाक्लै आएका छन् ।  समस्याहरु धेरै छन् । सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत  रुपमा कार्यान्वयन हुनसके मात्रै हदैसम्म समस्या समाधान हुने विस्वास रहेको छ । घोषणा गरेका नीति तथा कार्यक्रम सही रुपमा कार्यान्वयन गर्नुपर्छ ।  चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ । राज्यप्रति मानिसहरुको  सद्भाव र प्रेम हुन्छ त्योे चलचित्रको माध्यमबाट उठेको हुन्छ । त्यस कारण  चलचित्रको विकास एकदमै आवश्यक छ । हामी सामाजिक प्राणी छौं । चलचित्रमा  देखाएका धेरै कुराहरुबाट प्रभावित भएर सोच परिर्वतन  गर्ने भएकाले  चलचित्रको विकास आवश्यक छ ।’

अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको  विकास आवश्यक रहेको दाबी गरे । 

Advertisement

Advertisement