सेयरिङ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग

Advertisement

काठमाडौं । सेयरिङ लभ नेपालले एक सय ५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिकास्थित जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई गत आइतबार स्टेशनरी सामाग्री वितरण गरेको हो ।

सेयरिङका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन, पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाले जिर्ण अवस्थामा रहेको जल्पा स्कुलको शौचालय बनाइदिने घोषणा समेत गरेको छ । सेयरिङले जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना दयनीय अवस्थाका विद्यार्थीलाई १ कक्षादेखि १० कक्षासम्म पढाइदिने जिम्मासमेत लिएको छ । 

Advertisement

नेपाल पिछडावर्ग विद्यार्थी संघ(ओबिसी)का केन्द्रीय अध्यक्ष प्रकाशमणी राउतका अनुसार ती पाँच विद्यार्थीलाई सो स्कुलमा १० कक्षासम्म पढ्दा लाग्ने शुल्क सबै सेयरिङले नै व्यहोर्ने छ । विगत चार वर्षदेखि सामाजिक कार्यहरु गर्दै आएको सेयरिङले दुर्गम जिल्लाहरुमा गएर दयनीय अवस्थामा रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु वितरण गर्नुको साथै आर्थिक सहयोग पनि गर्दै आएको छ । 

Advertisement

Advertisement