बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिप्रति अर्थमन्त्री नै असन्तुष्ट

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको वार्षिकोत्सवमा उनले अहिलेको पद्दतिप्रति असन्तुष्टि जनाएका हुन् । 

शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो ? त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए । 

Advertisement

अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए । उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए । 

शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्न जरुरी देखिएको दाबी गरे । 

Advertisement

Advertisement