काबुल आक्रमणमा पाँच नेपाली घाइते, सरकारद्वारा निन्दा

Advertisement

काठमाडौँ: अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् ।

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ ।

उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

Advertisement