आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि प्रहरी र विभागबीच समझदारी

Advertisement

काठमाडौं । आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाबीच सोमबार समझदारी भएको छ ।

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्ता कसुरको प्रभावकारी अनुसन्धानका लागि यो समझदारी भएको हो । यसको मुख्य उद्देश्य यस्ता गतिविधि निवारणका लागि पारस्परिक समन्वय गर्नु रहेको हो ।

Advertisement

समझदारीअनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि सुचनाको आदान प्रदान गर्नु, यस क्रियाकलापमा रहेका जोखिम पहिल्याई निवारणका लागि कर्मचारीहरुलाई सक्षम बनाउनु, अनुसन्धानमा एक अर्कालाई सहयोग पुर्याउनु, यस्तो लगानीको निवारणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधनको परिचालन गर्नु रहेको छ । 

यी कार्यका लागि विभागमा सम्वन्धित समितिको सचिवालय विभागमा खडा गरिनेछ । समितिमा विभागका महानिर्देशक, महाशाखाका प्रमुख, विभागका सम्पर्क अधिकृत र महाशाखाका सम्पर्क अधिकृत रहनेछन् । समझदारीपत्रमा विभागका महानिर्देशक दामोदर रेग्मी र महाशाखा प्रमुख सर्वेन्द्र खनालले हस्ताक्षर गरे । 

Advertisement

Advertisement