एलजी टिभीको विश्वकप फुटबल लक्षित उपहार योजनाका साप्ताहिक विजेताहरु घोषणा

Advertisement

काठमाडौंः एलजी टेलिभिजनले जारी विश्पकप फुटबललाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको दुई जना साप्ताहिक विजेताहरुको नाम घोषणा गरेको छ ।

मंगलबार एलजीको मिनभवनस्थित शोरुममा आयोजित कार्यक्रममा गोलाप्रथाबाट दुई जना साप्ताहिक विजेताहरुको छनोट गरिएको हो । एलजीको ४३ इन्चको स्मार्ट टिभी उपहार जित्ने विजेताहरुमा रामेछापका सोनाम लामाङ र हेटौंडाका राजकुमार राई छन् ।

विश्वकप अवधिभर एक महिना सञ्चालन हुने यस उपहार योजनाका साप्ताहिक विजेता चार जनालाई एलजीको ४३ इन्चको स्मार्ट टिभी उपहार प्रदान गरिन्छ । एलजीले उपहार योजनाबाहेक अहिले ३१ प्रतिशतसम्म क्यासब्याक, चार बर्षको वारेन्टी सुविधा, एलजीको टिभी खरिद गर्दा भियानेट इन्टरनेट निःशुल्क जस्ता अफरहरुसमेत सञ्चालन गरेको छ ।

Advertisement

Advertisement

Advertisement