सेयरको मूल्य माग र पूर्तिको कारण घटेको हो, बजारमा तरलताको अभाव छैनः अर्थमन्त्री

Advertisement

विराटनगर । अर्थमन्त्री युवराज खतिवडाले सेयरको मूल्य घट्नुमा माग र पूर्ति बिचको असन्तुलन रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सेयरको मूल्य घटेनुपर्ने अरु कारण नभएको र मागको तुलनामा पूर्ति बढि भएकाले मूल्य घट्नु स्वभाविक भएको बताएका हुन् ।

उनले बजारमा अहिले तरलताको अभाव नरहेको बताएका छन् । ‘अहिले वित्तीय सङ्क्रमणको अवस्था भएकाले त्यस्तो देखिएको हो, तरलताको अभावको अवस्था होइन,’ उनले भने । मात्र प्रष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको पनि जानकारी दिए । उनले समग्र मुलुकको आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहले पनि खर्च गर्न क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खतिवडाले कर लगाउने सबै तहको आ–आफ्नो क्षेत्र र अधिकार भएको भएपनि नेपालीको कर तिर्ने क्षमताभन्दा बढी कर नलगाइएको दाबी गरे । स्थानीय तहमा करको समस्या अहिले नरहेको भन्दै उनले वित्तीय सङ्घीयता लागू भएको चार महीना मात्र भएकाले बुझाइको कमिका कारणले मात्र करको समस्या देखिएको बताए ।

उनले प्रदेश सरकार आफनै संरचना बनाउने क्रममा रहेकाले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई संरचना हस्तान्तरण हुँदै जाने प्रष्ट पारे । उनले सङ्घीय निजामती कानून आउनासाथ दरबन्दीअनुसार एक÷दुई महीनाभित्र कर्मचारी समायोजन हुने दाबी गरे ।

उनले वित्तीय आयोग गठन हुन ढिला भए पनि यसले गर्ने कार्य सरकारअन्तर्गतका विभिन्न सचिवालयमार्फत भइरहेको बताए

Advertisement

Advertisement

Advertisement