बजाज पल्सर एनएस १६० टिडि नेपाली बजारमा, मूल्य दुई लाख ८७ हजार

Advertisement

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

विभिन्न चार रंगमा उपलब्ध यसमा दुई वटा डिस्क ब्रेक रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर टिडिमा ड्यूल डिस्क ब्रेक दिनुका साथै युवालाई आर्कर्षित गर्न मोटो ह्वील, मोटो टायर, च्येसिस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले जनाएको छ ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको, ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको, दुई वटा भल्भ जडान गरिएको भन्दै कम्पनीले ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने जानकारी दिएको छ ।

यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने यो बाइक ५ गिएर, ग्राउण्ड क्लियरेन्स १६७ एम एम रहेको छ । पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हासनेश लेभलमा पनि सुधार गरिएको जनाइएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टिडिको मूल्य दुई लाख ८६ हजार ९०० रुपियाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement