काठमाडौं। एनआईसी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा सुनसरीको प्रकाशपुर र इनरुवामा नयाँ शाखा विस्तार गरेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं.१शान्तिचोक स्थितइनरुवा शाखाकोउद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहता रप्रकाशपुर शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलमखनालले गरे ।
हाल बैंकले २७० शाखा कार्यालयहरु, २८६एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ मार्फत विभिन्न सेवा प्रदान गर्दैआइरहेको छ । बैंकको वासलातको आकार २१० अर्ब भन्दा माथि छ, भने कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १५५ अर्ब पुगेको छ ।