बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Advertisement

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका-५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैंकिङ कसुरमा अदालतले विसं २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए ।

पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएअनुसार कारागार पठाएको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement