सुवेदी दम्पत्तिलाई हत्या गरी भाग्ने साहलाई १४ बर्षपछि यसरी पक्राउ गर्न सफल भयो प्रहरी

Advertisement

काठमाडौं । सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको निर्ममतापूर्वक हत्या गरी फरार रहेका सर्लाहीका जयकिशोर साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रयोग गरी सुवेदी दम्पत्तिको हत्या गरेर फरार भएका थिए । हत्या हुँदा नातीकाजी ४५ बर्षका थिए भने उनकी श्रीमती सानु ४४ बर्षकी थिइन् । दुई मध्ये साहलाई आइतबार भारततर्फको सीमा नाका नजिक बाँकेबाट पक्राउ गरी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
आफैंले काम गर्दै आएको सःमिलमा मालिकले काम बिगारेपछि गाली गरेको विषयलाई लिएर बदला लिन सःमिल नजिकै अमृत मैनालीको घरमा डेरा गरी बस्ने सुवेदी दम्पत्ति र उनीहरुको छोरालाई धारिलो हतियारले शरिरका विभिन्न भागमा प्रहार गरेका थिए ।

हत्यापछि नेपालबाट भागेका साह र मगर भारतको लखनउमा गई दुई बर्षसम्म सँगै बसेको, त्यसपछि रानाा अन्यत्रै लागेको, साहले चाहीं जय शर्माको नामबाट आधारकार्ड बनाएर पहिचानसमेत बदली बसेका थिए ।

आक्रामणमा सुवेदी दम्पत्तिका छोरा विलभ सुवेदी १५ बर्षका थिए । उनी घटनामा गम्भीर घाइते भएका थिए । प्रहरीले उच्च महत्व दिएको यस घटनामा विलभले बताएको हुलिया र सुचनाका आधारमा भारतमा समेत सुराकी परिचालन गरेर साहलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सफल भएको हो ।

साहसँगै हत्यामा संलग्न रानालाई पनि चाँडै पक्राउ गरी कारवाहीको दाउरामा ल्याइने भन्दै प्रहरीले पीडितलाई न्यायको अनुभूति दिलाउन कुनै कसुर बाँकी नराख्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement