बलात्कारको आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

Advertisement

काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पक्राउ परेका छन् । एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

उनी सशस्त्रको पोखरास्थित तालिम केन्द्रमा कार्यरत थिए । एक महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको उजुरी गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार महिलाले आफू पीडित भएको जनाउँदै मौखिक उजुरी गरेपछि अधिकारीमाथि अनुसन्धान सुरु गरिएको हो ।

Advertisement

Advertisement

Advertisement