गरिवहरुको पेट पाल्ने आधार बनेको ‘फुटपाथ र ठेलागाडा व्यापार’ चल्न नदिन हरिप्रभाको आग्रह

Advertisement

काठमाडौं । न्यून आयस्तरका जनताको पेट पाल्ने आधार बन्दै आएको ‘फुटपाथ र ठेलागाडा व्यापार’ बन्द गर्न काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले माग गरेकी छन् । यस्तो व्यापारले महामारी नियन्त्रण बाहिर जाने भन्दै स्थानीय प्रशासनसँग यस्ता व्यापारहरुमा रोक लगाउन माग गरेकी हुन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको ध्यानाकर्षण गराउँदै खड्गीले फुटपाथ र ठेलागाडा व्यापारमा रोक लगाउने गरी नयाँ आदेश जारी गर्न माग गरेकी हुन् । उनी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

Advertisement

खड्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको आदेशमा ‘फुटपाथ र ठेलागाडा व्यापार’लाई चल्न दिइने भनेकोमा त्यसलाई सुधार गरी चल्न नदिने बनाउन माग गर्दै दबाब दिएकी हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार जारी गरेको आदेशमा सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार’ पनि छ । यस्ता पसल तथा व्यापारहरु बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने आदेशमा उल्लेख छ । 

खड्गीले यसरी गरिवहरुको पेश पाल्ने आधार बनेको ‘फुटपाथ र ठेलागाडा व्यापार’ बन्द गराउन खोज्नुको पछाडि ठूला व्यापारीहरुको स्वार्थ देखिन्छ । उनले यस्ता पसल तथा व्यापारलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बताएकी छन् । 

यस्ता पसल तथा व्यापारमा आश्रितहरुलाई बाँच्ने वैकल्पिक आधार तयार गरेर क्रमसः हटाउँदै लैजानुपर्ने राज्यको दायित्वलाई उपेक्षा गर्दै खड्गीले स्थानीय प्रशासनलाई पूर्ण प्रतिबन्ध लगाउन दबाब दिएकी हुन् । उनले सहरमा संक्रमण फैलिँदो दरमा रहेको र यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल रहेको बेला फुटपाथ पसल र ठेला व्यापार खोल्न दिने हो भने महामारी नियन्त्रणबाहिर जाने जिकिर गरेकी छन् । 

विशेषगरी आयुर्वेदिक चिकित्सकदेखि विज्ञहरुले कोरोना भाइरस (कोभिड १९)लाई आवश्यकताभन्दा बढि प्रचार गरेर जनतालाई त्रसित बनाउने काम भएको भन्दै यो सामान्य रुवाखोकी भएकोले नआत्तिन आव्हान गर्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि बिहीबार यही क्षेत्रका विज्ञहरुलाई बोलाएर आयुर्वेदिक विधिबाट कोरोना रोकथामबारे छलफल गरेका थिए । 

Advertisement

Advertisement