सीडीओको आदेश काठमाडौंका जनताद्धारा अवज्ञा, पसलहरु खुले, गाडिमा जोरविजोर अस्वीकार
फाइल फोटो

Advertisement

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको आदेश काठमाडौंका जनताले अस्वीकार गरेका छन् । चर्को विरोधपछि निषेधाज्ञा हटाएर विभिन्न क्षेत्रहरु खोल्न प्रतिवन्ध लगाएका काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको आदेश काठमाडौंवासीले अवज्ञा गरेका हुन् । 
 
शनिबारसम्म मानिसहरुको खासै चहलपहल नदेखिए पनि आइतबार भने काठमाडौंका अधिकांश पसल एवं व्यवसायहरु सञ्चालनमा आएका छन् । सवारी साधनमा लगाइएको जोरविजोर पनि जनताले अस्वीकार देखिएको छ । सार्वजनिक सवारी साधन चल्न नसके पनि निजी सवारी साधनधनीहरुले जोरविजोर मान्न अस्वीकार गरेका छन् । कोरोना भाइरस (कोभिड १९) कुनै ठूलो महामारी नभई सामान्य रुवाखोकी मात्रै भएका तथ्यहरु सामाजिक सञ्जालमा भाइरल भएपछि जनता स्वतस्फुर्त सक्रिय हुन थालेका हु्न । 

लामो समयको लकडाउन र निषेधाज्ञाको कारण दैनिक जनजीवन निकै कष्टकर बन्द पुगेको छ भने आर्थिक क्षेत्र चौपट अवस्थामा पुगेको छ । ठूला चाडपर्व नजिकिदैसँगै आत्तिएका जनता स्थानीय प्रशासनले पसल तथा व्यापारमा लगाएका प्रतिवन्ध र अंकुशहरु अवज्ञा गर्दै सामान्य जीवनतर्फ फर्किन खोजेका छन् । सरकारबाट कुनै राहत र सहयोग पाउने संभावना नदेखेका विशेषगरी साना व्यवसायीहरुले पसल खोका छन् । 

Advertisement

राजधानीका मुख्य व्यापारिक केन्द्रहरुमा अधिकांश सर्टरहरु खुलेको देखिएको छ । सीडीओहरुले बारअनुसार पसल खोल्ने र बन्द गर्ने आदेश गरे पनि त्यो कुराको पालना भएको देखिएको छैन् । लामो समय पसल तथा व्यापार बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारीलाई तलव दिने मात्रै नभएर आफ्ना बालबच्चा पाल्न, घरधनीलाई भाडा तिर्न, ऋणको किस्ता बुझाउन नसकेका काठमाडौंका व्यवसायीहरुले लकडाउन र निषेधाज्ञाको विरोध गर्दै आएका थिए । 

Advertisement

Advertisement