नेपालको आर्थिक वृद्धि शुन्यमा झर्ने विश्व बैंकको प्रक्षेपण

Advertisement

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्यमा झर्ने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ०.२ र सन् २०२१ मा ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको हो । 

बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनअनुसार कोरोना संक्रमण र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण दक्षिण एसिया अहिलेसम्मकै गम्भीर आर्थिक मन्दीमा पुगेको छ । नेपालले गएको आर्थिक बर्षको आर्थिक वृद्धिदरको संशोधित अनुमान २.२७ रहने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको वृद्धिदर ७ प्रतिशत हुने अनुमान गरेको छ । 

Advertisement

विश्व बैंकले कोरोना ुसंक्रमण र यसलाई नियन्त्रण गर्न अपनाइएका उपायहरुका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्म कै गहिरो संकटमा छ भन्दै सुक्ष्म मन्दीको अवस्थामा अर्थतन्त्र रहेको बताएको छ । यसको सबैभन्दा बढि मार अनौपचारिक क्षेत्रमा परेको बताएको छ । 

कोरोनाले अनौपचारिक क्षेत्रमा काम गर्ने मानिस र पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको भनाइ छ । अनौपचारिक क्षेत्रका कामदारको रोजगारीमा असर पर्दा दक्षिण एसियाली क्षेत्रका मानिसले चरम चरिबीको सामना गर्नुपर्ने उसले औंल्याएको छ । 

पछिल्लो पाँच वर्षमा ६ प्रतिशतको हाराहारी आर्थिक वृद्धि गरेको दक्षिण एसियाली अर्थतन्त्रमा सन् २०२० मा ७.७ प्रतिशतको गिरावट आउने अनुमान छ । यो अनपेक्षित र डरलाग्दो अवस्था भएको बैंकको तर्क छ । तर, सन् २०२१ पछि भने आर्थिक गतिविधिहरु सूचारु हुने र अर्थतन्त्र बिस्तारै उकासिन थाल्ने विश्व बैंकको विश्लेषण छ । 

Advertisement

Advertisement