वीरगन्जको एक अपार्टमेन्टमा फेला पर्यो २३ किलो अवैध सुन

Advertisement

वीरगञ्ज । यहाँको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलोभन्दा बढी अवैध सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा सउक्त सुन बरामद भएको हो । 

प्रहरीले शनिबार छापा मारेर २३ किलोभन्दा बढि सुन र दुई किलो चाँदी बरामद गरेको प्रहरीको भनाई छ । पर्सा प्रहरी प्रमुख गंगा पन्तले पत्रकार सम्मेलनमा निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा सुन र चाँदी बरामद भएको बताइन् । आफूहरुले केही दिनदेखि निगरानी गरिरहेको शनिबार छापा मारेको उनको भनाई छ । 

Advertisement

अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम, बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरिएको छ । 

त्यसैगरी सुनका गरगहनासमेत प्रहरीले बरामद गरेको छ । विभिन्न गहना ६८१ ग्राम छ । त्यसैगरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाडा गरेर दुई केजी २६२ ग्राम बरामद भएको छ । 

सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement