अपहरण र ज्यान मार्ने उद्योगमा संलग्न अभियुक्त छ बर्षपछि पक्राउ

Advertisement

काठमाडौं । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त छ वर्षपछि पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उक्त मुद्दामा दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ गगरिएको हो । 

निज मेचे नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुकिबसेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ । 

Advertisement

झापाको मेचीनगर नगरपालिका–१२ का नरेशले २०७१ साल माघ १८ गते बिर्तामोडका सुनिल अग्रवाललाई बजरंग पन्सारीसँग मिलेर अपहरण गरेका थिए । 

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा राखेर झापाको धरमपुरमा रहेको हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले पीडितलाई सोही महिनाको २१ गते उद्दार गरेको थियो । 

त्यस क्रममा अपहरणकारीले चलाएको गोलीले एक जना प्रहरी पनि घाइते भएका थिए । पक्राउ परेका मेचेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको ब्युरोले जानकारी दिएको छ । 

उक्त घटनापछि फरार रहेका नरेश मेचेलाई २०७३ साल असार २३ गते झापा जिल्ला अदालतले १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।

Advertisement

Advertisement