बैंकिङ कसुरको आरोप लागेका तत्कालिन रोयल र एपेक्सका व्यक्तिहरुलाई अख्तियारले बोलायो

Advertisement

काठमाडौं। नेपाल प्रहरीले हेर्दै आएको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न अघि बढाएको छ । अख्तियारले उक्त कम्पनीका सञ्चालक, मूल्यांकनकर्ता र कर्मचारीहरुलाई बयानका लागि बोलाएको सुचना निकालेको छ । उनीहरुलाई सात दिनभित्र आउन भनिएको छ । 

झण्डै एक दशकदेखि छानबिनकै क्रममा रहेको बैंकिङ कसुरसम्वन्धी  रोयल मर्चेन्टको मुद्दा पब्लिक कम्पनीको रुपमा अख्तियारले  हेर्न थालेको हो । अख्तियारको सुचनामा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाले छानबिन गर्नका लागि आउन आग्रह गरिएको छ । 

Advertisement

रोयल मर्चेन्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकमा गाभिएको छ भने एपेक्स पनि एनसीसी बैंकमा गाभिसकेको छ । तत्कालिन रोयल मर्चेन्टका सहायक महाप्रबन्धक प्रदीप कर्मचार्य, रामचन्द्र बसौला, सञ्चालक भरतकाजी श्रेष्ठ, बादशाह फुडल्याण्ड प्रालिका ऋषिश्वर थपलिया, ऋणी एनबीडीएस सुपर मार्ट प्रालिका सञ्चालक अनोज श्रेष्ठ, चाँगुनारायणस्थित हजुरको हार्डवेयर पसलका सञ्चालक मुकुन्द पराजुली, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्यांकनकर्ता सिटी इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक नरेश स्वार, कर्मचारी देवराज ढुँगाना, एपेक्समा सहायक अधिकृतमा कार्यरत सन्तोष धिताल, रामशाह बहुमुखी ब्यापार कम्पनी प्रालिका सञ्चालक रामबहादुर शाह, रोशन इन्जिनयरिङ कन्सल्टेन्सीका कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई बयानका लागि बोलाइएको छ । 

Advertisement

Advertisement