श्रीमतीलाई वैवाहिक वर्षगाँठको उपहारः चन्द्रमामा तीन एकड जमिन

Advertisement

काठमाडौं । तिम्रा लागि चन्द्रमा ल्याइदिन्छु भन्ने कसम त पुरानै हो । तर राजश्थानको अजमेर जिल्लाका व्यवयायी धर्मेन्द्र अनिजाले श्रीमतिका लागि चन्द्रमामा तीन एकड जमिन किनेर उपहार दिएका छन् । धर्मेन्द्रले आठौं वैवाहिक वर्षगाँठमा आफ्नी श्रीमित सपना अनिजालाई चन्द्रमामा तीन एकड जमिन उपहार दिएका हुन् । २४ डिसेम्बरमा आयोजीत वैवाहिक वर्षगाँठ समारोहमा धर्मेन्द्रले श्रीमितका लागि चन्द्रमाको जमिन उपहार दिएका हुन् । 

उनले एक वर्ष पहिले नै आफ्नाी श्रीमितिका लागि चन्द्रमामा जमिन किनेर उपहार दिने योजना बनाइएको र सोही अनुसार यसपाली उपहार दिएको बताएका छन् । 
धर्मेन्द्रले चन्द्रमामा जमिन किन्नु सहज नभएको पनि बताए । 

चन्द्रमामा कहाँ किनियो जमिन ?
धर्मेन्द्रकी पत्नीले चन्द्रमाको जमिन उपहार पाउँदा खुसीले आसुँ खसेको बताइन् । सपनाका लागि चन्द्रमामा १४.३ नर्थ ल्याटीट्युड ५.६ इस्ट लैंगीट्युड, लेफ्ट २० पार्सल्स ३७७,३७८ र ३७९ मा तीन एकड जमिन खरिद गरिएको हो । 

को हुन चन्द्रमामा जमिन किन्ने धर्मेन्द्र ?
धर्मेन्द्र अनिजा र सपना अनिजा भारतको अजमेर निवासी हुन् । अजमेरकै सरकारी कलेजमा उनीहरुको भेट भएको थियो र पछि विवाह गरिएको थियो । विवाहपछि धर्मेन्द्रले ब्राजिलमा टुर एण्ड ट्राभल्स सञ्चालन गर्छन् । विगत १० महिनादेखि भारतमै थिए । उनीहरुको सात वर्षकी छोरी छिन् । 

कसरी किनियो चन्द्रमामा जमिन ?
पृथ्वीको कुनै भागमा पनि जमिन खरिद गर्न निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । चन्द्रमाको जमिन खरिद त्यो भन्दा जटिल हुने नै भयो । उनले चन्द्रमामा जमिन किन्नका लागि एक वर्ष पहिले नै अमेरिकाको एक फर्ममा आवेदन दिएका थिए । आवेदन स्वीकृत भएपछि कैयौं पटक कम्पनीसँग भिडियोमा बैठक र छलफल भयो । एक वर्षको लामो छलफलपछि लुना सोसाइटी इन्टरनेशनलले धर्मेन्द्रलाई चन्द्रमाको जमिन दिलायो । 

चन्द्रमामा खरिद गरिएको जमिनमाथि अध्ययन तथा सोध भएमा धर्मेन्द्रले रोयल्टी पाउनेछन् । चन्द्रमामा दुई प्रकारका जमिन हुन्छन । एकथरी जमिनको स्वामित्व एक वर्षको हुन्छ र अर्काे थरी जमिनको स्वामित्व ४९ वर्षको हुन्छ । धर्मेन्द्रले श्रीमतिका लागि किनको जमिनको स्वामित्व भने ४९ वर्षसम्म उनीहरुकै हुनेछ । त्यो जमिन उनीहरुले बेच्ने अधिकार समेत राख्छन् । 

धर्मेन्द्रले वैवाहिक वर्षगाँठ समारोहमा पनि चन्द्रमाको अनुभूति दिलाउने काम पनि गरिएको थियो । धर्मेन्द्रले आफहरु चन्द्रमामै रहेको अनुभूति दिलाउनका लागि चार फिट अग्लो बादल, चन्द्रमा र एलइडी लाइट्सको प्रबन्धनले आगन्तुकहरुले पनि आफुलाई चन्द्रमामै पुगेको अनुभूति गरेका थिए । 
 

Advertisement

Advertisement

Advertisement