झण्डै डेढ करोड नगदसहित एक भारतीय नागढुँगाबाट पक्राउ

Advertisement

काठमाडौँ । स्रात नखुलेको एक करोड ४७ लाख रुपियाँ नगदसहित एक भारतीय नागढुँगाबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट आएका भारतीय नागरिक अमित गुप्ताको साथबाट यति ठूलो परिमाणमा नगद भेटिएको हो । 

थानकोट प्रहरीले उनीसँगै एक जना नेपाली युवकलाई पनि पक्राउ गरेको छ । संगम थारु नाम गरेका युवक गुप्ताको गाडिका चालक हुन् । प्रहरीले चेक जाँचका क्रममा गाडीमा रहेको झोला हेर्दा रकम भेटिएको हो । 

Advertisement

उनीहरुमाथि छानबिन भइरहेको र चाँडै नै पत्रकार सम्मेलन गरी जानकारी दिइने प्रहरीले बताएको छ । 

Advertisement

Advertisement