नेपालमा हाइड्रोजन उत्पादनका लागि अध्ययन सुरु

Advertisement

काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो र उत्तम स्रोत हो भन्ने बुझेर काम नगरिए हामी पछाडि पर्न सक्छौँ ।”

Advertisement

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement