भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राख्ने ‘नरपिचास’ पक्राउ

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन्स प्रालिको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राख्ने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा बस्ने करिव १७–१८ बर्षका ‘नरपिचास’ (प्रहरीद्धारा राखिएको परिवर्तित नाम)लाई पक्राउ गरिएको हो । 

निजले भायनेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत पहुँच पुर्याई फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायतका सामाजिक सञ्जालमा स्क्रिप्त सार्वजनिक गर्ने गरेको प्रहरीको आरोप छ । प्राप्त सुचना र निवेदनका आधारमा अनुसन्धान गर्दा नरपिचासले भायनेटको विद्युतीय संयन्त्रमा पहुँच राखी डाटा ब्रेक गरी गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, ईन्स्टाग्राम समेतको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद(९ बमोजिमको कसुर गरेको जनाइएको छ । 

Advertisement

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा मिति आइतबार व्यूरोबाट खटिएको टोलीले बुटवलबाट निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ब्युरोले जनाएको छ । 

Advertisement

Advertisement