मदिरा व्यवसायीको अज्ञात समूहद्धारा विभत्स हत्या

Advertisement

काठमाडौं। धनुषामा मदिरा व्यवसायीको अज्ञात समूहद्धारा विभत्स हत्या भएको छ । महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको उनका नातेदार डा. सरोज कोइरालाले जानकारी दिए । 

कोइरालाका अनुसार रेग्मीको शब उनकै अफिस परिसरमा बुधबार बिहान फेला परेको र प्रहरीले घटनाको छानबिन सुरु गरिसकेको छ । रेग्मी ५१ वर्षका थिए । टाउकोमा गहिरो चोट लागेको अवस्थामा भेटिएका उनी मंगलबार बेलुकी अबेरसम्म साथीहरुसँग मदिरा सेवन गरेर बसेकोमा बुधबार बिहान एक्कासी मृत अवस्थामा भेटिएका हुन् । 

Advertisement

रेग्मीको टाउकोमा धारिलो हरियार प्रयोग गरिएकाले हत्या नै भएको परिवारजनको आशंका छ । शंकास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको खबर आफूले थाहा पाएको पनि कोइरालाले जानकारी दिए । रेग्मीसहित चार जना मिलेर मदिरा उद्योग सञ्चालन गर्दै आएका थिए । 

Advertisement

Advertisement