भागरथी हत्यामा संलग्न युवकलाई प्रहरीद्धारा सार्वजनिक

Advertisement

काठमाडौं । बैतडी १७ बर्षीया युवती भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न युवकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले एउटै विद्यालयमा पढ्ने दिनेश भट्टलाई सार्वजनिक गरेको हो । 

उक्त युवक भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने गरेका थिए । भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका उनले पारिवारिक रिसिबिका कारण बदला लिन त्यस्तो गरेको तर्क गरेका छन् । 

Advertisement

उक्त प्रकरणमा संलग्नता पुष्टि भएपछि प्रहरीले दिनेशलाई सार्वजनिक गरेको हो । उक्त घट्नाको अनुसन्धानका क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदी केही दिनदेखि स्थानीय प्रहरी चौकीमा बसेर काम गरिरहेका थिए । 

उनले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

Advertisement

Advertisement