ललितपुरमा १७ जना जुवाडेहरु पक्राउ, ३० लाख रुपियाँभन्दा बढि नगद जफत
फाइल फोटो

Advertisement

ललितपुर । प्रहरीले सुनाकोठीबाट १७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको बेला महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । 

जुवाडेहरुबाट ३० लाख ८४ हजार रुपियाँ नगद पनि जफत गरेको छ । पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, सानुकान्छा महर्जन, पुर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन, चिरीकाजी महर्जन रहेको प्रहरीको भनाई छ । 

Advertisement

अजय महर्जनको घरमा नियमितरुपमा जुवा खेलाइने गरेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो । छापा मार्न ठूलो संख्यामा प्रहरीहरु महर्जनको घरमा पुगेका थिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र जुवा ऐन, २०२० अनुसार कारवाही हुने जनाइएको छ । 

Advertisement

Advertisement