आयकर र भ्याट अशुलीमा कडाई गर्दै आन्तरिक राजश्व विभाग

Advertisement

काठमाडौं । राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संकलनमा कडाइका साथ जोड दिएका हुन् ।

यसैक्रममा कर कार्यालय कलंकीले बिहीवार मात्रै सार्वजनिक सूचना जारी गरेर ५६ जना व्यवसायी कम्पनीले भ्याट तथा आयकर नबुझाएको भन्दै कारोबार रोक्का गरी कानूनी प्रक्रियामार्फत असुल्ने चेतावनी दिएको छ । कर नतिर्नेको सूचीमा निर्माण कम्पनीदेखि वाइन उद्योगसम्मलाई राखिएको छ ।

Advertisement

मूल्य अभिवृद्धि, आयकर समयमै नबुझाउनेहरूलाई १५ दिनभित्र चुक्ता गर्न सार्वजनिक सूचनामा भनिएको छ । सो समयावधिभित्र बाँकी बक्यौता कर चुक्ता नगरे मूल्य अभिवृद्धि कर, आयकर ऐनअनुसार व्यावसायिक कारोबार, बैंक खाता, घरजग्गा रोक्का गरी कानूनी प्रक्रिया अघि बढाई असुल्ने कर कार्यालयको रणनीति छ ।  आन्तरिक राजस्व विभागका अनुसार गत महीनासम्म राजस्व लक्ष्यनजिक नै संकलन भएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement