एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानले नेपाल वायुसेवा निगममा सञ्चालक पद पाए

Advertisement

काठमाडौं । नेकपा एमालेमा पार्टी प्रवेश गरेको व्यवसायी किशोर प्रधानले नेपाल वायुसेवा निगममा सञ्चालक पद पाएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मोरङका किशोर प्रधानलाई वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरिएको हो । 

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडको पहलमा बालुवाटारमा १८ दिनअघि आयोजित छलफल कार्यक्रममा किशोर प्रधानसहित केही व्यवसायी एमालेमा प्रवेश गरेका थिए । व्यवसायिक आचरणविपरित पार्टी प्रवेश गरेको भन्दै उनीहरूको चर्को आलोचना हुँदै आएको थियो । 

Advertisement

किशोर प्रधान नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको प्रत्यासी थिए । उनलाई चन्द्र ढकालले पराजित गरेका थिए । एमाले प्रवेश गरेसँगै वायुसेवा निगममा चार बर्षका लागि सञ्चालक भएका उनलाई प्रधानमन्त्री केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । 

Advertisement

Advertisement