चेम्बरको अध्यक्षमा राजेन्द्र मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भए ।

उपाध्यक्षमा वाणिज्यतर्फ दीपक मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । 

Advertisement

कार्यसमितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् । कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूमध्ये १५ जना वाणिज्यतर्फ, नौ जना उद्योगतर्फ, १५ जना जिल्लातर्फ र एक जना नगरतर्फ, नौ जना वस्तुगत संघतर्फ, तीन जना द्विर्राष्ट्रिय संस्थागत, तीन जना आवद्धतर्फ रहेका छन् ।

Advertisement

Advertisement