अन्तःशुल्क बढाएकोमा मदिरा व्यवसायी रुष्ट, अबैध आयात बढेर नेपाली उद्योग धरासायी हुने

Advertisement

काठमाडौं । सरकारले मदिराजन्य वस्तुमा अन्तःशुल्क बढाएकोमा नेपाल मदिरा व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष वियर, ह्विस्की, वाइन लगायतका वस्तुमा अस्वाभाविकरुपमा अन्तःशुल्क बढाइएको भन्दै विरोध जनाएका हुन् । 

अर्थमन्त्री बिष्णु पौडेलद्धारा शनिवार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको थियो । अन्तःशुल्क धेरै हुँदा नेपालको मदिरा विश्वकैै महँगो भएको भन्दै शेर्पाले कोरोना महामारीले धरासयी भएको व्यवसायलाई गतिशील बनाउने गरी व्यवसायमैत्री कर नीति आउने अपेक्षा गरेकोमा ठिक उल्ट बजेट आएको बताए । 

Advertisement

बजेटमार्फत सरकारले अत्याधिक अन्तःशुल्क बढाएर स्वदेशी मदिरा व्यवसाय धरासायी बनाउन खोजेको भन्दै उनले अब विदेशी मदिरा अवैधरुपमा आएर बिक्री हुने र नेपाली मदिरा उद्योग भने धरासयी हुँदै जाने चिन्ता प्रकट गरे । 

मदिरा उद्योगमा लगाइएको अस्वाभाविक करले आफूहरू  व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको शेर्पाको भनाई छ । भारतलगायतका मुलुकमा उत्पादित मदिरा नेपालकोभन्दा आधै सस्तो मूल्यमा नेपाल आउने भएकाले मदिराको अबैध कारोवार बढ्नसक्ने भन्दै नेपाली व्यवसायीले चर्को अन्तःशुल्क आयातलाई निरुत्साहित गर्ने ढंगको हुनुपर्ने बताउँदै आएका छन् । 

Advertisement

Advertisement