अब चन्द्रमामा मानिस लैजाने यान यस्तो हुनेछ

Advertisement

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अब चन्द्रमामा मानिस लैजाने यान सार्वजनिक गरेको छ । नासाले शुक्रबार शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको हो । 

नासाले यसै दशकमा चन्द्रमामा मानवसहितको यान पठाउने योजना बनाएको बीबीसीले जनाएको छ । तीन मुख्य भागहरू प्रक्षेपण गर्ने डिजाइनमा जोडिएको यो पहिलो रकेटको मुल भाग २१२ फिट अग्लो छ । फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा सार्वजनिक गरिएको यस रकेट मिशनलाई एसएलएस नाम दिइएको छ । 

Advertisement

नासाले सन् २०२३ सम्ममा यो यान चन्द्रमा पठाउनसक्ने अडकल गरिएको छ । त्यसअघि यसको पटक पटक परीक्षण गरिने छ । एसएलएसमा चार शक्तिशाली इन्जिन र दुई वटा १७७ फिट अग्ला साना बुस्टर रकेट छन् । बुस्टर रकेटले जमिनबाट एसएलएसलाई प्रक्षेपण गर्न शक्ति प्रदान गर्नेछन्।

गत वर्ष नोभेम्बरबाट पार्टहरू जोड्न थालिएको यो यान एक पटक सफलतापूर्वक परीक्षण पनि भइसकेको छ । सन् १९७२ पछि कुनै पनि मानवसहितको यान चन्द्रमामा नपठाएको नासा चाँडै मानिस पठाउन हतारिएको छ । 

Advertisement

Advertisement