काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मनोज कुमार लाल कर्ण दोहोरिएका छन्। उनको कार्यकाल आगामी चार वर्षकोलागि थपिएको हो ।
युनियन लाइफको इन्स्योरेन्स सञ्चालनमा आएदेखि नै कर्ण सोही कम्पनीको सीईओको रूपमा कार्यरत छन् । चालु आर्थिक वर्षबाटै सीईओ कर्णको कार्यकाल सकिदैछ ।
कम्पनीको सञ्चालक समितिले आगामी साउन महिनाबाटै लागू हुने गरी उनको कार्य अवधि थप गरेको हो । कम्पनी छिट्टै साधारण सेयर (आईपिओ) जारी गर्ने तयारीमा छ ।