चीनमा नयाँ प्रजातिको मानव खप्पर भेटियो, जुन प्रजाति लोप भइसक्यो

Advertisement

काठमाडौं । चीनले नयाँ प्रजातिको मानव अवशेष भेटिएको भन्दै मानव खप्पर सार्वजनिक गरेको छ । चिनियाँ वैज्ञानिकहरूले यो खप्पर बिलकुलै नयाँ प्रजातिको मानवको रहेको दाबी गरेका छन् । 

ड्रागन म्यान उपनाम दिइएको यो खप्पर पूर्वी एशियामा कम्तीमा एक लाख ४६ हजार वर्षअघि जीवित रहेको मानव प्रजाति भएको र यो हालसम्म पत्ता लागेका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरिएको छ । 

Advertisement

सन् १९३३ मै चीनको उत्तर–पूर्वी ठाउँ हार्बिनमा भेटिएको यो अवशेषको लामो अध्ययनपछि तथ्य पत्ता लागेको हो । चिनियाँ खप्पर अध्ययन टोलीका सदस्यसमेत रहेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर भन्छन्, ‘हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।’

होमो लङ्गी नाम दिइएको यो प्रजातिको खोजलाई वैज्ञानिकहरूले ठूलो उपलब्धीको रुपमा लिएका छन् । यो मानवको खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो र मस्तिष्क हाम्रो प्रजातिको आकारको छ। यो प्रजाति निकै बलियो भएको पनि अनुमान गरिएको छ ।

Advertisement

Advertisement